काठमाडौं । ओपनर आसिफ शेख र उपकप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतक सहयोगमा नेपालले एसिया तथा इस्ट एसिया प्यासेफिक छनोटको अन्तिम खेलमा सामाओलाई १ सय १२ रनको लक्ष्य दिएको छ ।
ओमानको मस्कटमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ११ रनको योगफल तयार गर्यो ।
नेपालका लागि ओपनर आसिफले ४१ बलमा ७ चौका र ४ छक्काको सहयोगमा सर्वाधिक ६९ रनको अर्धशतकीय इनिङ खेले । आसिफले टि२० करियरको दशौं तथा प्रतियोगिताको दोस्रो अर्धशतक ३१ बलमा पूरा गरे । अर्का ओपनर कुशल भुर्तेल १५ बलमा २ चौका र १ छक्काको सहयोगमा १७ रनमा पेभिलियन फर्किए ।
उपकप्तान दीपेन्द्रसिंहले ३३ बलमा २ चौका र ४ छक्काको सहयोगमा ५३ रनमा आउट भए । दीपेन्द्रले १९ महिना पछि टि२० आईमा अर्धशतक प्रहार गरेका हुन् । यसअघि पछिल्लो अर्धशतक ओमानमा नै भएकाे एसिसि प्रिमियर कपमा कतारविरुद्ध प्रहार गरेका थिए ।
लोकेश बम १२ बलमा २ चौका र ४ छक्का सहित ३९ रनमा तथा कप्तान रोहितकुमार पौडेल १२ बलमा १ चौका र १ छक्का सहित २१ रनमा अविजित रहे । आरिफ शेख ९ रनमा आउट भए ।
सामाओका लागि ड्यानियल ब्रुगेस, सुमनी ताइ, डारिस भिसर र नोहा मेडले समान १ विकेट लिए । आफु भन्दा वरियतामा धेरै पछि रहेको सामाओमाथि सहज जित निकाल्दै नेपाल प्रतियोगिताको च्याम्पियन बन्ने लक्ष्यमा छ ।


