काठमाडौँ। आइसीसी विश्वकप लिग–२ अन्तर्गत युएईमा आजबाट सुरु त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपालले अमेरिकाबाट २६३ रनको लक्ष्य पाएको छ।
युएईको दुबईमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २६२ रनको योगफल तयार गरेको थियो।
अमेरिकाका लागि ओपनर स्मित पटेलले १०० बलमा ९ चौकाको सहयोगमा सर्वाधिक ७२ रनको अर्धशतकीय इनिङ खेले। तेस्रो विकेटका लागि पटेलले साइतेजा मुककामुल्लासँग ९५ रनको साझेदारी गरे। मुककामल्ला ५८ बलमा ३ चौका र १ छक्काको सहयोगमा ४२ मा आउट भए।
मिलान्ड कुमार बलमा चौका र छक्काको सहयोगमा रन बनाउँदै पेभिलियन फर्किए। शुभम रञ्जने १९, शायन जाहाँगिर र आन्द्रेस गौसले समान ११, कप्तान मोनांक पटेल १० रनमा आउट भए।
नेपालका लागि सन्दीप लामिछानेले २ तथा सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र आरिफ शेखले समान १ विकेट लिए।


