काभा कप पुरुष भलिबल : श्रीलंकासँग पनि हार्यो नेपाल


काठमाडाैँ। नेपालले काभा कप पुरुष भलिबल प्रतियोगितामा फेरि पराजित भएको छ।

कास्थित इन्डोर हलमा साेमबार नेपाल श्रीलंकासँग ३-० को सोझो सेटमा पराजित भएकाे हाे। नेपालले खेल १८-२५, १७-२५, २०-२५ ले गुमायो ।

यो हारसँगै नेपालको अघिल्लाे चरणकाे यात्रा समाप्त भएको छ। नेपालकाे पाँच खेलमा चार अंक रहेकाे छ।

नेपाल यसअघि तुर्किमिनिस्तानसँग ३-० तथा बंगलादेशसँग ३-२ को सेटमा पराजित भएको नेपालले बंगलादेशलाई ३-० को सेटमा हराएको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको