काठमाडौं । युएईमा जारी विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिजमा अमेरिकाविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।
आइसिसी एकेडेमीको मैदानमा अमेरिकाका कप्तान मोनांक पटेलले टस जितेर बलिङ रोजेपछि नेपालले ब्याटिङको निम्ता पाएको हो ।
नेपालले गत बिहीबार युएईसँग खेलेको टोलीमा २ परिवर्तन गरेको छ । बिहीबार खेलेका सोमपाल कामीको स्थानमा नन्दन यादवले मौका पाएका छन् ।
सिरिजमा दुवै देश तेस्रो खेल खेल्दैछन् । अमेरिकाले सिरिजको सुरुवातको दुवै खेलमा विजयी हुँदा नेपालले भने दुवै खेलमा हार बेहोरेको थियो ।


