काठमाडौं। न्युजिल्यान्डका ब्याटर मार्टिन गुप्टेलले विराटनगर किङ्सबाट आगामी नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ खेल्ने भएका छन्।
पहिलो सिजनमै विराटनगरबाट खेलेका गुप्टेलले सम्झौता नवीकरण गरेका हुन्। क्लबले आइतबार गुप्टेलको पुनरागमनको घोषणा गरेको हो।
विराटनगरले यसअघि नै दक्षिण अफ्रिकाका स्टार ब्याटर फाफ डु पेल्सिसलाई अनुबन्ध गरेको थियो। सन्दीप लामिछाने टोलीका मार्की खेलाडी हुन्। पहिलो सिजनबाट लोकेश बम, सुवास भण्डारी, नरेन भट्ट, वसिर अहमद र प्रतिश जिसीलाई टोलीले रिटेन गरेको छ। साथै, मिनी अक्सनमार्फत नारायण जोशी, सूर्य तामाङ, साहिल पटेल, शंकर राना र श्रवण किस्कुलाई समावेश गरिएको छ।


