रबिन्द्र गुप्ताले दृष्टिविहिन महिला टी-२० विश्वकपमा अम्पायर गर्ने

काठमाडाैँ। नेपाली क्रिकेट अम्पायर रबिन्द्र गुप्ता दृष्टिविहिन महिला टी-२० विश्वकप क्रिकेट खेलाउने अम्पायरमा नियुक्त भएका छन्।

उनी साे प्रतियाेगिताकाे लागि साेमबार भारात प्रस्थान गर्दैछन् भने भारतवाट नै १४ नाेभेम्वर श्रीलंका जानेछन्।

प्रतियोगिताको उद्घाटन खेल नाेभेम्वर ११ (कार्तिक २५) भारतको नयाँदिल्ली र फाइनल खेल श्रीलंकाको कोलोम्बोमा नोभेम्वर २३ (मंसिर ७) गते हुनेछ। नेपालसहित भारत, श्रीलंका, पाकिस्तान, अस्ट्रेलिया, अमेरिका, इङल्याण्डले पहिलो पटक आयोजना हुन लागेको दृष्टिविहिन महिला विश्वकप टी-२० मा सहभागिता जनाउने छन्।

गुप्ता नेपालबाट सिनियर टालीकाे विश्वकपकाे खेल खेलाउने नेपालकाे पहिलाे अम्पायर बनेका छन्। यसअघि उनले विभिन्न प्रतियोगितामा अम्पायरकाे भूमिका निर्वाह गरिसकेका छन्।

उनले श्रीलंकामा हुने यस विश्वकपकाे भारत र पाकिस्तान बिचकाे खेलकाे अम्पायरिङ समेत गर्ने भएका छन्।अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्दै उनी यस्तो जिम्मेवारी सम्हाल्ने पहिलो व्यक्तिहरूमध्ये पर्छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको