राजस्थानले नेपाललाई दियो १४५ रनको लक्ष्य


काठमाडौँ। मैत्रीपूर्ण क्रिकेट शृङ्खलामा नेपाललाई राजस्थानले १४५ रनको लक्ष्य दिएको छ।

आयुष क्रिकेट एकेडेमी देहरादुनमा टस जितेर पहिले ब्याटिङ थालेको राजस्थानले निर्धारित २० औभरमा ५ विकेट गुमाउँदै १४४ रन बनायो।

राजस्थानका लागि डिम्पल सिम्खताले सर्वाधिक ४८ रनको योग्दान दिएन्। यस्तै, भवानी ३६ र एन्नाले ३० रन बनाइन्।

यता, नेपालका लागि लक्ष्मी साउदले दुई तथा रुविना, कविता कुँवर र मनिषा उपाध्यले समान एक विकेट लिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको