चितवनले टस जित्याे


काठमाडाैँ। कर्णाली याक्सविरुद्ध चितवन राइनाेजले टस जितेकाे छ।

दाेस्राे संस्करणकाे नेपाल प्रिमियर लिग अन्तर्गत दाेस्राे दिनकाे पहिलाे खेलमा यी दुई टाेलीबीच ११ ४५ बजेबाट खेल सुरु हुँदैछ।

त्रिवि क्रिकेट रंगशालामा चितवनका कप्तान कुशल मल्ले टस जितेर पहिले फिल्डिङ गर्ने भएकाे छ। कर्णालीले ब्याटिङ गर्ने भएकाे छ।

कुशल मल्लको कप्तानीमा रहेको चितवनमा रिजन ढकाल, कलमसिंह ऐरी, देव खनाल जस्ता राष्ट्रिय खेलाडी रहेका छन् भने रवि भोपारा, सोहेल तनवीर, सैफ जैब, डेविड मलान र अल्पेस रामजानी जस्ता विदेशी खेलाडी रहेका छन्।

त्यस्तै सोमपाल कामीको कप्तानीमा गुलशन झा, नन्दन यादव, पवन सराफ, जस्ता राष्ट्रिय खेलाडी रहेको कर्णाली याक्समा जयकिशन कोलसावाला, म्याक्स ओ’डाउड, प्रियांक पञ्चाल, मार्क वाट र नाजिबउल्लाह जद्रान जस्ता विदेशी खेलाडीसमेत रहेका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको