काठमान्डुलाई १४८ रनको लक्ष्य


काठमाडौँ। साविक उपविजेता सुदूरपश्चिम रोयल्सले काठमान्डु गोर्खाजलाई १४८ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरले निर्धारित २० ओभरमा सबै गुमाएर १४७ रन बनायो।

सुदूरका लागि हर्मित सिंहले अर्धशतकिय पारी खेले। उनले २० बलमा २ चौका र ६ छक्का प्रहार गर्दै ५३ रनमा आउट भए। कप्तान दिपेन्द्रले ३९ रन बनाए।

आरिफ शेखले २५, इशान पाण्डे ११ तथा दुवै ओपनर बिनोद भण्डारी र जोस ब्रोन शून्य रनमा आउट भएका थिए। नरेन साउदले ६ रन र स्कट कुगेलेइजनले एक रनमा आउट भए।

काठमान्डुका लागि कप्तान करण केसीले चार, रासिद खान, मिलिन्द कुमार र सन्नी पट्टेलले समान दुई विकेट लिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको