काठमाडाैँ। दाेस्राे संस्करणकाे नेपाल प्रिमियर लिगमा साविक उपविजेता सुदूरपश्चिम राेयल्सले राेमाञ्चक जित हासिल गरेकाे छ। राेयल्सले काठमान्डुलाई २९ रनले पराजित गरेकाे हाे।
बुधबार त्रिवि क्रिकेट रंगशालामा सुदूरले दिएकाे १४८ रनकाे लक्ष्य पछ्याएकाे काठमान्डुले १६.४ ओभरमा सबै विकेट गुमाए ११८ रन मात्रै बनाउन सक्याे।
काठमान्डुका लागि ओपनर आकाश त्रिपाटीले ३४ रन बनाए। उनले ३० बलमा एक छक्का र दुई चाैका प्रहार गरे। भिम सार्की १२, जोन सिम्पसन २४, मिलिन्द कुमार ११ र रासिद खानले ६ रन बनाए।
सन्ताेष यादव एक रनमा आउट भए। उनलाई सुदूरका कप्तान दिपेन्द्रले रन आउट गराए।
सुदूरपश्चिमका लागि हेमन्त धामी, स्कट कुगेलेइजन र हर्मित सिंहले समान दुई विकेट लिए। इशान पाण्डे, नरेन साउद र अभिनाष बाेराले पनि एक विकट लिए।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे सुदूरले निर्धारित २० ओभरमा सबै गुमाएर १४७ रन बनाएकाे थियाे।
सुदूरका लागि हर्मित सिंहले अर्धशतकिय पारी खेले। उनले २० बलमा २ चाैका र ६ छक्का प्रहार गर्दै ५३ रनमा आउट भए। कप्तान दिपेन्द्रले ३९ रन बनाए।
आरिफ शेखले २५, इशान पाण्डे ११ तथा दुवै ओपनर बिनाेद भण्डारी र जाेस ब्राेन शून्य रनमा आउट भएका थिए। नरेन साउदले ६ रन र स्कट कुगेलेइजनले एक रनमा आउट भए।
काठमान्डुका लागि कप्तान करण केसीले चार, रासिद खान, मिलिन्द कुमार र सन्नी पट्टेलले समान दुई विकेट लिए।


