काठमाडाैँ। दाेस्राे संस्करणकाे नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सले विजयी सुरुआत गरेकाे छ। उसले चितवनलाई ६ विकेटले पराजित गरेकाे हाे।
त्रिवि क्रिकेट रंगशालामा चितवन राइनाेजले दिएकाे १४३ रनकाे लक्ष्य लुम्बिनीले १८.३ ओभरमा ४ गुमाएर पूरा गर्याे।
याे जितसँगै गत संस्करण खराब प्रदर्शन गरेकाे लुम्बिनी नयाँ सिजन जितबाट प्रतियाेगिताकाे सुरुआत गरेकाे छ। पहिलाे खेलमा कर्णाली याक्सलाई हराएकाे चितवनले दाेस्राे खेलमा हार ब्यहाेरेकाे छ।
लुम्बिनीकाे जितमा कप्तान राेहितकुमार पाैडेलले ३९ रन बनाए। उनले ४४ बलमा एक चाैका प्रहार गरे।
यस्तै, ओपनर सन्दीप जाेरा २८, दिलिप नाथ १० डी’आरची सर्टले ११ रन बनाउँदा गुलाबदिन नाबीले ४४ रनकाे याेग्दान गरे।
यता, लुम्बिनीका लागि रिजन ढकालले दुई र साेहिल तनबिरले एक विकेट लिए।
त्यसअघि त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेकाे चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४२ रन बनाएकाे थियाे।
चितवनका लागि रबि बाेपराले ५५ बलमा ५६ रन बनाए। उनले ४ चाैका र २ छक्का प्रहार गरे।
यस्तै, कप्तान कुशल मल्ल २१, सैफ जैब १५, देव खनाल १४, ओपनर दिपक बाेहरा १० तथा अर्जुन साउदले रन बनाए।
यता, लुम्बिनीका लागि रुबेन ट्रम्पलम्याले सर्वाधिक ३ विकेट लिए। अभिषेक गाैतम र गुला दिनले समान दुई विकेट हात पारे।


