काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत विराटनगर किङ्सविरुद्ध जनकपुर वोल्ट्सले टस जितेको छ।
त्रिवि क्रिकेट रंगशालामा जनकपुरका कप्तान अनिलकुमार शाहले टस जितेर पहिले फिल्डिङ रोजेपछि विराटनगरले ब्याटिङ गर्ने भएको छ।
जनकपुर यसअघि पहिलो खेलमा काठमान्डू गोर्खाजसँग पराजित भएको थियो भने विराटनगरले आफ्नो सुरुआतका दुवै खेलमा जित हासिल गरेको थियो। विराटनगर लागातार तेस्रो जितको खोजितमा छ। जनकपुर पहिलो जितको खोजिमा छ। विराटनगले पहिलो खेलमा पोखरा तथा दोस्रो खेलमा काठमान्डूलाई पराजित गरेको थियो।


