टी-२० विश्वकपमा उपविजेता बनेको नेपाली टोलीलाई सम्मान


काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) नेपाल दृष्टिविहीन महिला क्रिकेट टोलीलाई नगदसहित सम्मान गरेको छ।

क्यानले मंगलबार नेपाल प्रिमियर लिग (एनपीएल) भइरहेको कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्मान गर्दै क्रिकेट एसोसिएसन अफ ब्लाइन्डलाई दश लाख नगद सहयोग गरेको हो।

गत आइतबार भारत र श्रीलंकामा भएको पहिलो संस्करणको टी-२० दृष्टिविहीन महिला विश्वकपमा नेपाल उपविजेता बनेको थियो। नेपाल फाइनलमा भारतसँग ७ विकेटले पराजित भएको हो।

टोली सोमबार मात्र स्वदेश फर्किएको हो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको