बंगलादेश प्रिमियर लिगको अक्सनमा पाँच नेपाली खेलाडी


काठमाडौँ । बंगलादेश प्रिमियर लिगको अक्सन सूचीमा नेपालका पाँच खेलाडीहरू समावेश गरिएका छन्।

सन्दीप लामिछाने क्याटेगोरी बीमा, दीपेन्द्र सिंह ऐरी क्याटेगोरी डी मा छन् भने आसिफ शेख, गुलशन झा र सोमपाल कामी क्याटेगोरी ई मा छन्। अक्सन नोभेम्बर ३० तारिखमा हुनेछ।

अक्सनका लागि बंगलादेश क्रिकेट बोर्डले सार्बजनिक गरेको २४५ खेलाडीको सूचीमा नेपालका पाँच क्रिकेटर सुचिकृत भएका हुन्।

बंगलादेश प्रिमियर लिगमा १२ बर्षपछि अक्सन हुँदैछ। यस बर्षको बंगलादेश प्रिमियर लिग डिसेम्बर १९ देखि शुरु हुँदैछ। यस सिजनमा ६ फ्रेन्चाइजीले लिगमा खेल्ने बताइएको छ। जसमा रंगपुर राइडर्स, ढाका क्यापिटल्स, सिल्हेट टाइटन्स, चट्टोग्राम रोयल्स, राजशाही वारियर्स र नोआखली एक्सप्रेसले खेल्ने बताइएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको