काठमाडौं। जापानकी पूर्व दुई पटककी ओलम्पियन काजुमी नाकामुरा नेपाल आइपुगेकी छन्।
डिसेम्बर ११ देखि १३ सम्म काठमाडौंका विभिन्न विद्यालय र भलिबल क्लबमा महिला खेलाडीको लागि विशेष भलिबल प्रशिक्षण संचालन गर्न उनी नेपाल पुगेकी हुन्। यो कार्यक्रम जापान र नेपालबीच खेलमार्फत अवसर, आत्मविश्वास र सांस्कृतिक आदान–प्रदान बढाउने उद्देश्यले आयोजना गरेको हो।
नाकामुरा १९९२ तथा १९९६ को ग्रीष्मकालीन ओलम्पिकमा जापानको प्रतिनिधित्व गरेकी पूर्व चर्चित भलिबल खेलाडी हुन्। उनीसँगै जापानका विश्वविद्यालय स्तरका खेलाडीहरूको टोली पनि नेपाल आएको छ, जसले नेपाली खेलाडीहरूसँग प्रत्यक्ष रूपमा प्रशिक्षण र अभ्यास सत्र सञ्चालन गर्दैछ।
तीन दिन पाँच स्थानमा प्रशिक्षण
कार्यक्रम अन्तर्गत काठमाडौंका पाँच स्थानमा प्रशिक्षण सञ्चालन हुँदैछ। डिसेम्बर ११ अर्थात आज जावलाखेल भलिबल सेन्टर, श्री जनक माध्यमिक विद्यालयमा बिहिवार सम्पन्न भएकाे छ।
डिसेम्बर १२:
एपीएफ भलिबल क्लब, शंखधर मेमोरियल स्कूल
डिसेम्बर १३:
न्यू डायमण्ड एकेडेमी
यसमा महिला विद्यार्थी तथा युवा भलिबल खेलाडीहरूलाई जापानी प्रशिक्षक टोलीले कौशल, अनुशासन, फिटनेस, टीमवर्क र आधुनिक भलिबल प्रविधिका बारेमा प्रशिक्षण दिइरहेका छन्।
महिला खेलाडीहरूलाई ‘किनभने महिला हुन्’ भनेर नछोड्ने प्रेरणा प्रदान गर्न छ। त्यस्तै, जापानी विश्वविद्यालय खेलाडीहरूका लागि नेपालमा प्रशिक्षण सञ्चालन गर्नु सांस्कृतिक अनुभव, दृष्टिकोण विस्तार, र विश्व बुझाइ गहिरो बनाउने अवसर पनि भएको आयोजकहरूको भनाइ छ।
‘खेलमार्फत दुई देशबीच आपसी विकास’
तीन दिनसम्म चल्ने यो विशेष भलिबल प्रशिक्षण शिविरमा नेपाल र जापानका युवा खेलाडीहरूबीच परस्पर सहयोग, अध्यान, अनुभूति र विकासको प्लेटफर्म तयार गरेको छ।


