एनभिए भलिबल च्याम्पियनसिप पुस ११ देखि


काठमाडौं। नेपाल भलिबल (संघ)को आयोजनामा हुने नवौं संस्करणको एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप पुसमा हुने भएको छ।

प्रतियोगिता पुस ११-१९ सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा हुनेछ।

आइतबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताका लागि टिम दर्ता गर्न प्रदेश, जिल्ला र क्लबहरु पत्राचार गरिएको र सो बारेमा अध्यक्ष जितेन्द्र बहादुर चन्दले जानकारी दिएका हुन्।

प्रतियोगिताको विजेताले ५ लाख, उपविजेता २ लाख ५० हजार र तेस्रो स्थानमा हुनेले १ लाख २५ हजार पाउने छन्। उत्कृष्ट ८ पुरुष र उत्कृष्ट ६ महिला टिम दशौं पिएम कप, एनभिए महिला तथा पुरुष लिगमा छनोट हुनेछन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको