काठमाडौँ। नवौं महिला तथा पुरुष भलिबल लिग च्याम्पियनसिपको पहिलो दिन चार खेल हुँदैछ।
नेपाल भलिबल संघको आयोजना हुने प्रतियोगिता त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहल हुनेछ। महिलातर्फ पहिलो खेलमा नेपाल पुलिस क्बल सुदूरपश्चिमबीच बिहान ९ खेलबाट खेल सुरु हुनेछ। दोस्रो खेलमा एभरेस्ट भलिबल क्लबले त्रिभुवन आर्मीको सामना गर्नेछ।
दिनको तेस्रो तथा पुरुषतर्फको पहिलो खेलमा नेपाल पुलिस क्लब ढोरपाटन स्पोर्ट्स क्लब खेल्नेछ।
दिनको अन्तिम तथा प्रतियोगिताको उद्घाटन खेलमा हेल्प नेपालले एपीएफसँग खेल्नेछ।
महिला तथा पुरुष गरि कुल २० टिमको सहभागिता रहेको प्रतियोगिता आगामी १९ गतेसम्म सन्चालन हुनेछ।


