आर्मीकाे लगातार दाेस्राे जित


काठमाडौं। विभागीय टाेली त्रिभुवन आर्मी क्लबले नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ सहज जित हासिल गरेकाे छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार सम्पन्न खेलमा आर्मीले चुली युवा क्लबलाई ३–० काे साेझाे सेटमा पराजित गरेकाे हाे।

जितसँगै महिलातर्फ समूह ‘ए’ मा आर्मीले लागतार दाेस्राे जित दर्ता गरेकाे छ। आर्मीले यसअघि एभरेष्ट भलिबल क्लबलाई पराजित गरेकाे थियाे। यता, चुलीले लगातार दाेस्राे हार ब्यहाेरेकाे छ। यसअघि चुली पहिलाे खेलमा न्यु डायमन्ड स्पाेर्ट्स क्लबसँग पराजित भएकाे थियाे।

आर्मीले पहिलाे सेट २५–१६, दाेस्राे सेट २५–१२ तथा तेस्राे सेट २५–९ ले जित्याे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको