ढोरपाटनलाई हराएको खिल्जीले क्वार्टरफाइनलमा आर्मीसँग खेल्ने


काठमाडौँ। ढोरपाटन स्पोर्ट्स क्लबलाई हराउँदै नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको क्वार्टरफाइनलमा प्रवेश गरेको खिल्जी युवा क्लबले विभागीय टोली त्रिभुवन आर्मी प्रतिद्धन्दी पाएको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबार सम्पन्न समूह ‘बी’ को खेलमा ढोरपाटनलाई ३–० को सेटमा हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको हो।

योसँगै ढोरपाटन समूह चरणबाटै बाहिरिएको छ। यी दुवै टोली आ–आफ्नो पहिलो खेलमा नेपाल पुलिस क्लबसँग पराजित भएको थियो।

खेलमा खिल्जी २५–१५, २५–१९ तथा निकै प्रतिस्पर्धात्मक बनेको तेस्रो सेटमा २५–ले विजयी भयो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको