काठमाडौँ। न्यु डायमन्ड स्पोर्ट्स क्लब नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ समूह बिजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्डहलमा मंगलबार सम्पन्न समूह ुएु को खेलमा एभरेष्ट भलिबल क्लबलाई ३–० को सेटमा हराएको हो।
जितसँगै न्यु डायमन्ड समूह चरणका सबै तीन खेलमा जित हासिल गर्दै ९ अंक जोड्न सफल भयो। यता, पराजित एभरेष्टले भने लगातार दोस्रो हार ब्यहोरेको छ। यसअघि न्यु डाइमन्डले त्रिभुवन आर्मी र चुलदी युवा क्लबलाई पराजित गरेको थियो।
डायमन्डले खेलमा २५–२१, २५–१५, र २५–१५ ले जित हासिल गर्यो।


