सेमिफाइनलमा पुलिस र हेल्प नेपाल भिड्ने

काठमाडौँ। नेपाल पुलिस क्लब नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा पुलिसले कोशी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।

पुलिसले पहिलो सेट २५–१९ ले जित्दै खेलको सुरुवातमा अग्रता बनायो। दोस्रो सेटमा पनि २५–१७ को जित निकाल्दै दबाब कायम राखेको पुलिसले तेस्रो सेट २५–१८ ले आफ्नो पक्षमा पार्‍यो।

यस जितसँगै नेपाल पुलिस क्लबले सेमिफाइनलमा स्थान बनाएको छ। अब पुलिसले शुक्रबार दिउँसो २ बजे हेल्प नेपाल स्पोर्ट्स क्लबसँग सेमिफाइनल खेल खेल्नेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको