सेनेगल र माली अफ्रिका कप अफको क्वाटरफाइनलमा भिड्ने


काठमाडौँ। सेनेगल र माली अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेका छन्। शनिबार राति सम्पन्न अन्तिम १६ का खेलमा जित निकाल्दै दुवै टोली अन्तिम आठमा पुगेका हुन्।

अन्तिम १६ को खेलमा सेनेगलले सुडानलाई ३–१ गोल अन्तरले पराजित गर्‍यो। सेनेगलको जितमा पापे गुएयेले दुई गोल गरे भने इब्राहिम एमबाएले एक गोल थपे। सुडानका लागि आमिर अब्दुल्लाह युनिसले एक गोल फर्काएका थिए।

त्यस्तै अर्को खेलमा मालीले ट्युनिसियालाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्‍यो। निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो।

अब क्वाटरफाइनलमा सेनेगल र मालीबीच प्रतिस्पर्धा हुनेछ।

अफ्रिका कप अफ नेसन्स अन्तर्गत आज अन्तिम १६ का बाँकी खेलहरूमा मोरक्कोले तान्जानियाको सामना गर्नेछ भने दक्षिण अफ्रिका र क्यामरुन आमनेसामने हुनेछन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको