तारकेश्वोर नगरपालिकाद्वारा खेलाडी सम्मानित


काठमाडौंऽ दोस्रो प्रहरी महानिरीक्षक राष्ट्रिय तेक्वान्दो प्रतियोगिता– २०८२ मा तारकेश्वर नगरपालिकाको प्रतिनिधित्व गर्दै टिम द्वितीय हुन सफल टिम मेनेजर, टिम कोच र खेलाडीहरुलाई तारकेश्वर नगरपालिकाले सम्मान गरेको छ।

नगरपालिको सभा हलमा आयोजित कार्यक्रममा मेयर कृष्णहरि महर्जन, तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराजराज लम्साल, वडा २ का वडा अध्यक्ष एवं नगर प्रवक्ता राजकृष्ण खड्गी, प्रशासकीय शाखा प्रमुख शम्भुप्रकाश शर्मा र नगरपालिकाका कानूनी सल्लाहकार रामहरि नेपालले खेलाडीसहित टोलीलाई सम्मान गरे।

पुस २० र २१ गते भएको सो प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडी र अफिसियलहरुको आर्थिक ब्ययभार नगरपालिकाले नै व्यहोर्ने गरी बजेट उपलब्ध गराएको थियो भने भबिष्यमा यहि खेलाडीहरुबाट राष्ट्रिय टिममा पुग्ने खेलाडीहरुलाई तारकेश्वोर नगरपालिकाको ब्रान्ड एम्बेस्डर टोकिने र बिधालयमा १००५ शुल्क छुट सहित पढाउने ब्यवस्था गरिने मेयर महर्जनले जानकारी गराए। तार्केश्वर नगरपालिकाका नगर खेलकुद विकास समितिका अध्यक्ष बिक्रम खड्गीले कार्यक्रम संचालन गरेका थिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको