एम्बाप्पेको दुई गोल, शीर्ष स्थानमा फर्कियो


काठमाडौं। स्पेनिस ला लिगा अन्तर्गत सम्पन्न खेलमा रियल मड्रिडले भिल्ला रियललाई २–० ले पराजित गरेको छ। अवे मैदानमा भएको खेलमा फ्रान्सेली स्टार किलियन एम्बाप्पे नायक बने।

खेलको दोस्रो हाफमा रियलले उत्कृष्ट प्रदर्शन गर्‍यो। ४७औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि इन्जुरी समयमा उनले पेनाल्टीमार्फत दोस्रो गोल गर्दै जित सुनिश्चित गरे।

भिल्लारियलले केही अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेन। रियलका गोलकिपर थिबाउ कोर्टुआले महत्त्वपूर्ण बचाउ गर्दै टोलीको क्लिन सिट जोगाए।

यस जितसँगै २१ खेलबाट ५१ अंक जोडेको रियल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। एक खेल कम खेलेको बार्सिलोनाको ४९ अंक रहेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको