जिते पुलिस सेमिफाइनल, हारे सिधै बाहिर


काठमाडौं। काभा वुमन्स लिगमा नेपाल पुलिस क्लबले आज आयोजक माल्दिभ्सको हुर्रा सोसाइटी क्लबसँग लिग चरणको अन्तिम खेल खेल्दैछ। मालेस्थित शोसल सेन्टस इन्डोर हलमा हुने खेल बेलुका ९:१५ बजे सुरु हुनेछ।

पहिलो खेलमा उज्वेकिस्तानको हुमो क्लबलाई हराएको पुलिस दोस्रो खेलमा इरानको फुलादसँग सोझो सेटमा पराजित भएको थियो। आज जित निकाले पुलिस समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनल पुग्नेछ, पराजित भए प्रतियोगिताबाट बाहिरिनेछ।

समूह ‘बी’ बाट फुलाद र समूह ‘ए’ बाट कजाकिस्तानको तुरान तथा श्रीलंका सेमिफाइनलमा पुगिसकेका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको