न्यू डायमण्डलाई उपाधि


काठमाडौं। मकवानपुरमा सम्पन्न दोस्रो बृहत कृषि तथा पर्यटन महोत्सव अन्तर्गत आयोजित राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि काठमाडौंको न्यू डायमण्ड क्लबले जितेको छ।

फाइनल खेलमा न्यू डायमण्ड क्लबले बागमती प्रदेशको केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानलाई ३-० को सोझो सेटमा पराजित गर्दै उपाधि आफ्नो नाममा पारेको हो।

न्यू डायमण्ड क्लबले २५–१३, २५–१५ र २५–२३ को सेटमा जित निकाल्दै उत्कृष्ट प्रदर्शन गरेको थियो। पहिलो दुई सेटमा स्पष्ट दबाब बनाएको न्यू डायमण्डले तेस्रो सेटमा भने केही प्रतिस्पर्धा सामना गर्नुपरे पनि अन्ततः जित सुनिश्चित गर्न सफल रह्यो।

उपाधिसँगै न्यू डायमण्ड क्लबले प्रतियोगितामा आफ्नो वर्चस्व कायम राख्दै अर्को सफलता हात पारेको छ भने केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान उपविजेतामै सीमित बन्यो।

मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा भइरहेको महोत्सवमा विभिन्न खेलकुद गतिविधिसहित भलिबल प्रतियोगिता मुख्य आकर्षणको रूपमा रहेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको