प्रधानमन्त्री कप : आज दुई रोमाञ्चक खेल


काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा आज दुई रोमाञ्चक खेल हुँदैछन्।

तल्लाे मुलपानी क्रिकेट रंगशालामा हुने खेलमा बागमती प्रदेश र गण्डकी प्रदेश आमनेसामने हुनेछन्। प्रतियोगितामा बागमती पहिलो जितको खोजीमा रहेको छ भने गण्डकी विजयी सुरुआत गर्ने लक्ष्यसहित मैदान उत्रनेछ।

बागमती आफ्नो पहिलो खेलमा एपीएफसँग ७१ रनले पराजित भएको थियो, जसका कारण आजको खेल उसका लागि महत्वपूर्ण बनेको छ।

यस्तै, दोस्रो खेलमा एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच माथिल्लाे मुलपानी क्रिकेट मैदानमा प्रतिस्पर्धा हुनेछ। मुलपानी क्रिकेट मैदानमा बिहान ९:३० बजेदेखि सुरु हुने यस खेलमा दुवै टोली जितको खोजीमा हुनेछन्।

एपीएफले पहिलो खेलमा बागमतीलाई पराजित गर्दै राम्रो सुरुआत गरेको थियो भने पुलिस क्लब आर्मी क्लबसँग २२ रनले पराजित भएपछि पुनरागमनको लक्ष्यमा छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको