पीएम कप : आज दुई खेल हुँदै


काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत आज बिहीबार दुई खेल हुँदैछन्।

तल्लो मुलपानी क्रिकेट मैदानमा हुने ११औँ खेलमा गण्डकी प्रदेशले विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ। आर्मीले प्रतियोगिताको पहिलो खेलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै सुखद सुरुआत गरेको थियो भने गण्डकी आफ्नो पहिलो खेलमा बागमती प्रदेशसँग हार बेहोरेको थियो।

यस्तै, दोस्रो खेलमा नेपाल पुलिस क्लबले बागमती प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ। यी दुवै टोलीले अहिलेसम्म खेलेका दुई खेलमध्ये एकमा जित र एकमा हार ब्यहोरेका छन्, त्यसैले आजको खेल दुवैका लागि दोस्रो जित हासिल गर्ने अवसर हुनेछ।

उक्त खेल माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुनेछ। दुवै खेल बिहान ९:३० बजेदेखि सुरु हुने तालिका रहेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको