नेपाल र युएईबीच आजदेखि टी–२० सिरिज


काठमाडौंस्थित टियु क्रिकेट रंगशालामा नेपाल र संयुक्त अरब इमिरेट्स बीच दुई खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज आजबाट सुरु हुँदैछ।

साँझ ५ बजेदेखि सुरु हुने खेलमा घरेलु टोली नेपाल जितका साथ सिरिजको सुरुआत गर्ने लक्ष्यमा हुनेछ। सिरिजको दोस्रो तथा अन्तिम खेल भोलि हुने तालिका रहेको छ।

यस सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले दीपेन्द्र सिंह ऐरीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिसकेको छ। टोलीमा दीपेन्द्र सिंह ऐरी (कप्तान), कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ सेख, बसिर अहमद, गुलशन झा, लोकेश बम, सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम र शेर मल्ल समावेश छन्।

यस्तै, वैकल्पिक खेलाडीका रूपमा प्रतिश जीसी, नारायण जोशी र राशिद खानलाई राखिएको छ।

विशेषगरी, नेपालले पहिलो पटक टी–२० र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा फरक–फरक कप्तान प्रयोग गर्ने रणनीति अपनाएको छ, जसले टोलीको नेतृत्व विकास र दीर्घकालीन योजनामा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको