कर्पोरेट टी–१० लिगको ‘एनर्जी पार्टनर’मा एक्सट्रिम


काठमाडौं। ‘एक्सट्रिम इनर्जी ड्रिंक’ कर्पोरेट टी–१० लिगको ‘एनर्जी पार्टनर’ बनेको छ।

काठमाडौँ स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिका निर्देशक ज्योति भण्डारी र एक्सट्रिम इनर्जी ड्रिंकका इभेन्ट म्यानेजर सुजल राणाबीच साेमबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

सम्झौताअनुसार एक्सट्रिमले कर्पोरेट टी–१० लिगलाई आर्थिक सहयोग गर्नुका साथै प्रत्येक खेलका ‘प्लेयर अफ द म्याच’लाई आकर्षक गिफ्ट ह्याम्पर प्रदान गर्नेछ।

सहकार्यप्रति उत्साह व्यक्त गर्दै एक्सट्रिमका इभेन्ट म्यानेजर सुजल राणाले यस साझेदारीले खेलाडीहरूको ऊर्जा र प्रदर्शनलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे। उनले यो सहकार्य केवल ब्रान्ड प्रवर्द्धनमा सीमित नभई खेलप्रतिको जोश र उत्साहलाई अझ सुदृढ बनाउने उद्देश्यका साथ अघि बढाइएको बताए।

लिग वैशाख १० देखि १७ गतेसम्म काठमाडौंको तल्लो मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको