पीएम कप एनभीए लिगमा आज ५ खेल


काठमाडौँ । १०औं संस्करणकाे प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगअन्तर्गत शुक्रबार महिला तथा पुरुषतर्फका गरी पाँच खेल सञ्चालन हुने भएका छन्।

नेपाल भलिबल संघकाे आयाेजनमा जारी प्रतियाेगितामा महिलातर्फ दिनकाे पहिलाे खेल बिहान ९ बजे न्यू डायमण्ड स्पोर्ट्स क्लब र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ भने बिहान ११ बजे नेपाल एपीएफ क्लबले एभरेष्ट भलिबल क्लबसँग खेल्नेछ।

पुरुषतर्फ दिउँसो १ बजे नेपाल पुलिस क्लब र कोशी प्रदेश आमनेसामने हुनेछन्। त्यसपछि दिउँसो ३ बजे रुकुम पश्चिम भलिबल क्लबले नेपाल एपीएफ क्लबसँग खेल्नेछ।

दिनको अन्तिम खेल दिउँसो ५ बजे त्रिभुवन आर्मी क्लब र बुढानिलकण्ठ भलिबल क्लबबीच हुने तालिका रहेको छ।

बिहीवारबाट सुरु भएकाे प्रतियाेगितामा महिलातर्फ एपीएफ र पुलिसले विजयी सुरुआत गरेका छन् भने पुरुषतर्फ साविक विजेता हेल्प नेपाल स्पाेर्ट्स क्लब र त्रिभुवन आर्मीले विजयी हासिल गरे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको