प्रणव र दर्शिल क्वाटरफाइनलमा


काठमाडाैं प्रणव मानन्धर र दर्शिल श्रेष्ठ १२औं खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को टेनिस कोर्टमा प्रणवले उगेन शेर्पालाई ६–१ र ६–० तथा दर्शिलले प्रितम परियारलाई ६–३ र ६–४ को सोझो सेटमा पराजित गरे।

सोही स्पर्धामा प्रदीप खड्काले डानियल बाँस्तोलालाई ६–० र ६–०, राजवीर प्रधानले निजेज महर्जनलाई ६–२ र ६–२, आयुशमान हजुर घलेले बोरिस अधिकारीलाई ६–१ र ६–१, सक्षमविक्रम शाहले अभिनव आचार्यलाई ६–२ र ६–१ तथा प्रणव खनालले निसान श्रेष्ठलाई ७–५ र ६–१ को सोझो सेटमा हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे। निहालजंगबहादुर थापाले पनि प्रतिद्वन्द्वी साङ्गे छोजन रोकायाबाट वाकओभर पाउदै क्वाटरफाइनलमा स्थान बनाए।

पुरुष डबल्समा प्रणव खनाल÷आयुशमान हजुर घलेको जोडीले निजेज महर्जन र ओजेज महर्जनको जोडीलाई ६–१ र ६–०, राजवीर प्रधान÷उगेन शेर्पाको जोडीले अभिनव आचार्य÷सक्षमविक्रम शाहको जोडीलाई ६–२ र ६–१, प्रदीप खड्का÷प्रितम परियारको जोडीले दर्शिल श्रेष्ठ÷साश्वत वज्राचार्यको जोडीलाई ६–१ र ६–३ तथा निहालजंगबहादुर थापा÷प्रणव मानन्धरको जोडीले निसान श्रेष्ठ÷दावा शेर्पाको जोडीलाई ६–२ र ६–३ को सोझो सेटमा पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे।

भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा भएको भेट्रान ६५ वर्षमाथि पुरुष सिंगल्समा पवित्रजंग रायमाझीले कर्मा घलेलाई ६–७, ६–१ र ११–९ तथा कमल थापाले पदम गुरुङलाई ६–० र ६–३ ले पन्छ्याउदै सेमिफाइनलमा स्थान पक्का गरे। सोही स्पर्धाको पुरुष डबल्समा दीपक श्रेष्ठ÷ज्ञानेन्द्रमान ताम्राकारको जोडीले कर्मा टासी÷जेरुम इदुको जोडीलाई ६–४, ०–६ र १७–१५ ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरे।

सिटिजन्स बैंकको मुख्य प्रायोजन तथा काठमाडौं जिल्ला टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगिताको भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा रोहित सुनुवार÷महेश श्रेष्ठ, नवाङ लामा÷राजेन्द्र भाटिया, सुक्मान तामाङ÷अन्जनमानसिंह बानियाँ तथा अमित गुरुङ÷देव क्षेत्रीको जोडीले सेमिफाइनलमा स्थान बनाए।

भेट्रान ५५ वर्षमाथि पुरुष डबल्समा चन्द्र शाही÷सोभितमान श्रेष्ठ, रमेश रोक्का÷प्रेमप्रकाश थापा, सागर केसी÷निराजनकुमार श्रेष्ठ, धरमसिंह लामिछाने÷समिर शेरचन, धर्म शाही÷आशिष सिग्देल, सुनिल गुरुङ÷नवाङ लामा, राजु राई÷बाबुकृष्ण कार्की तथा मनु त्रिपाठी÷पृथ्वीमान गुरुङको जोडी क्वाटरफाइनलमा पुगे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको