सेमिफाइनलमा इरानले नेपालसँग प्रतिस्पर्धा गर्ने


काठमाडौं। काभा महिला भलिबल च्याम्पियनसिपअन्तर्गत समूह ‘बी’ को निर्णायक खेलमा इरानले काजाकिस्तानलाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

इरानले काजाकिस्तानलाई ३–० को सेटमा हराउँदै समूह विजेता बन्न सफल भयो। पहिलो सेट इरानले २५–२२ ले आफ्नो पक्षमा पार्दा दोस्रो सेट २५–२० ले जितेको थियो। तेस्रो सेटमा पनि उत्कृष्ट प्रदर्शन गरेको इरान २५–२२ ले विजयी रह्यो।

यस जितसँगै इरान समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ भने काजाकिस्तान उपविजेताका रूपमा अन्तिम चारमा प्रवेश गरेको छ।

अब सेमिफाइनलमा इरानले नेपालसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल समूह ‘ए’ को उपविजेता बनेर सेमिफाइनलमा पुगेको हो। अर्को सेमिफाइनलमा समूह ‘ए’ को विजेता भारतले काजाकिस्तानसँग खेल्नेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको