काठमाडौं। काभा महिला भलिबल च्याम्पियनसिपअन्तर्गत सम्पन्न खेलमा किर्गिस्तानले बंगलादेशलाई सोझो सेटमा पराजित गर्दै प्रभावशाली जित दर्ता गरेको छ।
किर्गिस्तानले बंगलादेशमाथि ३-० को सहज जित निकाल्ने क्रममा पहिलो सेट २५-१५, दोस्रो सेट २५-१० र तेस्रो सेट २५-१० ले आफ्नो पक्षमा पार्यो।
खेलभरि किर्गिस्तानले उत्कृष्ट ब्लकिङ, आक्रामक स्पाइक तथा मजबुत डिफेन्स प्रस्तुत गर्दै बंगलादेशलाई दबाबमा राखेको थियो। बंगलादेशले केही उत्कृष्ट र्याली खेले पनि किर्गिस्तानको बलियो प्रदर्शन अगाडि टिक्न सकेन।


