काभा भलिबल: आज पाँचौँ र सातौँ स्थानका लागि प्रतिस्पर्धा हुँदै

काठमाडौं । काभा महिला भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गत आज पाँचौँ र सातौँ स्थान निर्धारणका खेलहरू हुँदैछन्। प्रतियोगिताको छैटौँ दिनको खेल तालिका अनुसार दुई प्रतिस्पर्धा हुनेछन्।

आजको पहिलो खेलमा माल्दिभ्स र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ। यी दुई टोलीबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ। उक्त खेल सातौँ स्थान निर्धारणका लागि हुनेछ।

त्यसैगरी दोस्रो खेलमा किर्गिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ। यो खेल बिहान ११:३० बजे सुरु हुनेछ। दुवै टोली पाँचौँ स्थान हासिल गर्ने लक्ष्यका साथ कोर्टमा उत्रनेछन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको