सुमन अमेरिका प्रस्थान

काठमाडौं। कराते खेलाडी सुमन तिमल्सिना युएस ओपन आईएसकेए विश्व मार्सल आर्ट्स च्याम्पियनसिपमा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन्।

अमेरिकाको फ्लोरिडामा जुलाई २ देखि ४ तारिखसम्म हुने प्रतियोगतिामा सुमनले पुरुष एकल कातामा प्रतिस्पर्धा गर्ने छन्। सुमनले २०२३ मा भएको यसै प्रतियोगितामा स्वर्ण जितेका थिए।

अमेरिका यात्राका लागि लनर्स इन्स्टिच्यूट एन्ड कन्सलटेन्सी प्रा.लि. ले सुमनलाई दुईतर्फी हवाइट टिकट प्रायोजन गरेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको