काभा मेन्स भलिबल च्याम्पियनसिपमा नेपालको लगातार चौथो हार, बंगलादेशसँग ३–२ ले पराजित

काठमाडौं। काभा मेन्स भलिबल च्याम्पियनसिपमा नेपालले लगातार चौथो हार व्यहोरेको छ।

पाकिस्तानमा जारी प्रतियाेगिताअन्तर्गत आइतबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल बंगलादेशसँग ३–२ को सेटमा पराजित भयो। नेपालले पहिलो र तेस्रो सेट आफ्नो पक्षमा पारे पनि त्यसको निरन्तरता कायम राख्न नसक्दा हार बेहोर्न बाध्य भयो।

खेलमा नेपालले पहिलो सेट २५–१८ ले जितेको थियो। दोस्रो सेट १९–२५ ले गुमाएको नेपालले तेस्रो सेट २५–२३ ले आफ्नो पक्षमा पार्दै २–१ को अग्रता बनाएको थियो। तर चौथो सेट २३–२५ ले गुमाएपछि खेल पाँचौँ सेटमा पुगेको थियो। निर्णायक पाँचौँ सेटमा नेपाल ११–१५ ले पराजित हुँदै खेल ३–२ ले बंगलादेशको पक्षमा गएको हो।

यसअघि नेपाल पहिलो खेलमा काजाकिस्तान, दोस्रो खेलमा श्रीलङ्का र तेस्रो खेलमा पाकिस्तानसँग पराजित भएको थियो। नेपालले अब लिग चरणकाे अन्तिम खेलमा भाेली उज्वेकिस्तानसँग खेल्नेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको