काठमाडौं। भुटानमा आयोजना हुने काभा महिला तथा पुरुष बीच भलिबल प्रतियोगिताका लागि महिलातर्फ नेपाल पुलिस क्लबकी कमला पुन र कोपिला रानाको जोडी च्याम्पियन बन्दै छनोट भएको छ।
घरेलु छनोट प्रतियोगिताको फाइनलमा कमला र कोपिलाको जोडीले त्रिभुवन आर्मी क्लबकी भावना डाँगी र सुनिता राईको जोडीलाई पराजित गर्दै उपाधि जितेको हो।
उपविजेतामा सीमित भए पनि भावना डाँगी र सुनिता राईको जोडीले दोस्रो स्थान हासिल गर्दै काभा बीच भलिबल प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएको छ।
भुटानमा हुने उक्त प्रतियोगितामा नेपालबाट महिलातर्फ कमला र कोपिला तथा भावना र सुनिताको जोडीले प्रतिस्पर्धा गर्नेछन्।