चन्द्र र पहल तथा सरन र झमनको जोडी काभा बीच भलिबलका लागि छनोट

काठमाडौं। भुटानमा आयोजना हुने काभा महिला तथा पुरुष बीच भलिबल प्रतियोगिताका लागि पुरुषतर्फ नेपाल पुलिस क्लबका चन्द्र कुँवर र पहल गहतराजको जोडी च्याम्पियन बन्दै छनोट भएको छ। चन्द्र पुलिस टिमका प्रशिक्षक समेत हुन्।

घरेलु छनोट प्रतियोगिताको फाइनलमा चन्द्र र पहलको जोडीले नेपाल पुलिस क्लबकै सरन कार्की र झमनसिंह दर्जीको जोडीलाई पराजित गर्दै उपाधि जितेको हो।

उपविजेतामा सीमित भए पनि सरन र झमनको जोडीले दोस्रो स्थान हासिल गर्दै काभा बीच भलिबल प्रतियोगितामा सहभागिता सुनिश्चित गरेको छ।

यो सँगै भुटानमा हुने उक्त प्रतियोगितामा नेपालबाट पुरुषतर्फ चन्द्र कुँवर र पहल गहतराज तथा सरन कार्की र झमनसिंह दर्जीको जोडीले प्रतिस्पर्धा गर्नेछन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको