आयोजक पेसएक्सलाई उपाधि

काठमाडाैं। आयाेजक पेसएक्स स्पोर्ट्स एकेडेमीले ५ ‘ए’ साइड महिला फुटसल प्रतियोगिताको उपाधि जितेको छ।

ललितपुरको च्यासलस्थित आर स्क्वायर गेम स्टेसनमा सम्पन्न फाइनलमा पेसएक्सले स्टुडेन्ट एफसीलाई १–० गोलले पराजित गर्दै उपाधि हात पारेको हो।

प्रतियोगितामा क्रिजल एफसीले तेस्रो स्थान हासिल गरेको छ। तेस्रो स्थानका लागि भएको खेलमा क्रिजलले नखिपोट एफसीलाई २–१ गोलले पराजित गर्‍यो।

उपाधिसँगै पेसले ५५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता स्टुडेन्टले २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो। यस्तै, तेस्रो स्थानमा रहेको क्रिजलले रु. १५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। प्रतियोगिताको फेयर प्ले टिम याक्थुङ एफसी बन्यो। उसले ३ हजार १०० सहित ट्रफि प्राप्त गर्यो।

व्यक्तिगत विधातर्फ पेसएक्सकी स्मृति भुजेल उत्कृष्ट गोलरक्षक घोषित भइन्। उनले ३ हजार १०० नगदसहित ट्रफी प्राप्त गरिन्। क्रिजलकी रेनुका हमाल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भइन्। उनले पनि ३ हजार १०० नगदसहित ट्रफी प्राप्त गरिन्।

प्रतियोगितामा कुल १२ महिला टोलीको सहभागिता रहेको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको