क्यानले यु–१६ टोलीका खेलाडी र अफिसियललाई जनही ५० हजार रुपैयाँ दिने


काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) एसिसी पुरुष यु–१६ इस्ट जोन कपको उपाधि रक्षा गरेको टोलीका खेलाडी र अफिसियललाई जनही ५० हजार रुपैयाँ दिने भएको छ।

गत शनिबार सम्पन्न फाइनल खेलमा नेपालले सिंगापुरलाई २ विकेटले पराजित गर्दै उपाधि रक्षा गरेको थियो। नेपालले सन् २०२३ मा पनि यो कपको उपाधि उचालेको थियो।

सिंगापुरले दिएको ११४ रनको लक्ष्य पछ्याएको नेपालले २९ ओभरमा ८ विकेट गुमाउँदै ११७ रन बनाएको हो। योसँगै संगापुर समूह चरणको हारको बदला लिन फेरि चुकेको छ।

यही प्रतियोगितामा भएको पहिलो भेटमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गर्दै समूह विजेता बनेको थियो।

 


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको