सप्तरी प्राइड लिग : राईनोज र रोयल च्यालेन्जर विजयी


राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत चौंथो दिन सम्पन्न दुईवटा खेलमा कञ्चनरूप राइनोज र रोयल च्यालेन्जर्स बाह्री वीरपुर विजयी भएका छन्।

राजगढ वारियरले दिएको १२५ रनको लक्ष्य कञ्चनरूप राइनोजले १६ ओभरमा पाँच विकेट गुमाएर भेटायो।

राइनोजको ब्याटिङमा ओपनर राकेश कामतले अर्धशतक बनाउने क्रममा २५ बलमा ८ चौका र तीन छक्का मद्दतले ५४ रन प्रहार गरे। यस्तै रासिद खानले ३० बलमा ३१ रन तथा रोनक सिंहले २४ बलमा अभिजित रहँदै १७ रन बनाए।

राजगढ वारियरका बलर बिक्की पासवान र रोशन यादवले समान दुई विकेट लिए।।

यसअघि टस जितेर ब्याटिङ गरेको राजगढ वारियर्सले २० ओभरमा ९ विकेट गुमाएर १२४ रन बनाएको थियो।

वारियर्सको लागि नयन यादवले सर्वाधिक ३३ रन तथा रोशन यादवले ३२ रन बनाए। अजित यादवले १५ तथा मनिष यादवले अविजित १४ रन बनाए।

कञ्चनरूप राइनोजको बलिङतर्फ राशिद खान, उमेश चौधरी र अभिमन्यु सरदारले समान २ विकेट लिए । मुकेश सिंहको नाममा १ विकेट रह्यो। खेलको प्लेयर अफ द म्याच राकेश कामत भए।

आजको दोस्रो खेलमा रोयल च्यालेन्जर्स बाह्री वीरपुरले रुपनि राइडर्सलाई २८ रनले पराजित गर्यो।

१३४ रनको लक्ष्य पछ्याउने क्रममा राइडर्सले १८.१ ओभरमा १०५ रनमा सबै विकेट गुमाउन पुग्यो।

राइडर्सको ब्याटिङमा गौरभ शाहले सर्वाधिक ३२ रन योगदान दिए। सुमन चौधरीले १७ तथा विशाल पटेलले १३ रन बनाए।

वीरपुरको बलिङमा तृत राज दास, सुमित श्रेष्ठ र राहुल विकले समान ३ विकेट लिए। तृतले ३.१ ओभरमा १९ रन खर्चे भने सुमीतले ४ ओभरमा २६ रन तथा राहुलले ४ ओभरमा १६ रन मात्र खर्चिए।

यस अघि टस जितेर ब्याटिङ गरेको रोयल च्यालेन्जर्स बाह्री वीरपुरले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३३ रन बनाएको थियो।

वीरपुरको लागि ओपनर अमित यादवले सर्वाधिक ३३ रन योगदान दिए। जुन क्रममा उनले २५ बलमा तीन चौका र दुई छक्का प्रहार गरे। यस्तै अमित मण्डलले १३, विकास दासले १२, भीम यादवले ११ तथा सुमित श्रेष्ठले १० रन योगदान दिए।

रुपनी राइडर्सको बलिङमा अशोक मेहताले सर्वाधिक ३ विकेट लिए। जुन क्रममा उनले ४ ओभरमा २५ रन खर्चे। यस्तै इम्रान शेख र रविन मण्डलले समान दुई विकेट लिए ।

खेलको प्लेयर अफ द म्याच सुमित श्रेष्ठ घोषित भए।

प्रतियोगिताको विजेता टिमले २ लाख तथा उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको