काठमाडौं। विश्व स्ट्रेन्थलिफ्टिङ एन्ड इन्क्लाइन बेन्च प्रेस च्याम्पियनसिपको १२औं संस्करणमा सहभागी हुन केदारमान स्थापित मंगलबार थाइल्यान्डको पटाया प्रस्थान गर्ने भएका छन्।
असार ३२ देखि साउन ३ गतेसम्म हुने प्रतियोगितामा केदारले ५० वर्षमाथि पुरुष ७६ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन्।
उनलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, राखेपका सदस्य हिमालकुमार श्रेष्ठ, राखेप कर्मचारी संघकी अध्यक्ष सरस्वती केसी भण्डारीलगायतले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे।


