केदारमानलाई स्वर्ण


काठमाडाैँ। केदारमान स्थापितले १२औं विश्व स्ट्रेन्थलिफ्टिङ एन्ड इन्क्लाइन बेन्च प्रेस च्याम्पियनसिपमा स्वर्ण जितेका छन्।

असार ३२ देखि साउन ३ गतेसम्म थाइल्यान्डको पटायामा भएको प्रतियोगितामा केदारले ५० वर्षमाथि पुरुष ७६ केजीमुनि तौलसमूहमा स्वर्ण जितेका हुन्।

प्रतियोगितामा उनको लगातार चौथो सहभागिता हो। सबैमा उनले पदक जितेका छन्। काजाकिस्तानमा भएको ११ औं संस्करणमा पनि केदारले स्वर्ण जितेका थिए। किर्गिस्तान र भारतमा भएको क्रमशः नवौं र दसौं संस्करणमा रजत जितेका थिए।

उनलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ आइतबार भेटी सफलताका लागि बधाइ दिएका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको