एसिया कपकाे खेल तालिका सार्वजनिक, पहिलो खेलमा अफगानिस्तान र हङकङ भिड्ने


काठमाडौँ । एसियन क्रिकेट काउन्सिलले एसिया कप २०२५ को तालिका सार्वजनिक गरेको छ।

युएईमा आयोजना हुने टी २० ढाँचाकाे प्रतियोगितामा ८ देशका पुरुष टाेलीबीच ९ सेप्टेम्बरदेखि २८ सेप्टेम्बरसम्म प्रतिस्पर्धा हुने भएको हाे।

जसमा भारत र पाकिस्तान एउटै समूहमा छन्। भारत, पाकिस्तानसँगै समूह ए मा युएई, ओमान छन् भने श्रीलंका, बंगलादेश, अफगानिस्तान र हङकङ समूह बी मा रहेका छन्।

प्रतियोगिताको पहिलो खेलमा अफगानिस्तान र हङकङ खेल्दैछन्।

यस्तै, भारत र पाकिस्तानबीचको खेल सेप्टेम्बर १४ आइतबार दुबई अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ। फाइनल खेल सेप्टेम्बर २८ मा हुनेछ। खेलहरू दुबई र अबुधाबीमा खेलिनेछन् ।

यस प्रतियोगिताको आयोजक भारतीय क्रिकेट कन्ट्रोल बोर्ड भएपनि भारत र पाकिस्तान बीचको तनावका कारण दुवै देशले २०२७ सम्म तटस्थ स्थानमा मात्र खेल खेल्न सहमति जनाएकाले प्रतियोगिता संयुक्त अरब इमिरेट्समा आयोजना हुने भएको हो।

खेल तालिक :


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको