काठमाडाैँ। म्युचल एकेडेमिक एक्टिभिटी फोरम (माफ) को आयोजनामा माफ अन्तरविद्यालय फुटसल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ।
प्रतियोगितामा माफमा आबद्ध १६ विद्यालयको सहभागिता रहने छन्। विभिन्न ३ विधामा ४७ टिमको सहभागिता रहने माफकी अध्यक्ष इसु गुरुङले जनाएकी छन्। सिनियर र जुनियर ब्वाइजमा समान १६–१६ तथा सिनियर गल्र्समा १५ टिमले प्रतिस्पर्धा गर्ने छन्। चारदिने प्रतियोगिताका खेलहरु धन्यन्तरी फुटसलमा हुनेछ।


