टप एण्ड टी–२० सिरिज : नर्दर्न टेरिटोरीविरुद्ध नेपाल टस जितेर फिल्डिङ


काठमाडाैँ। टप एण्ड टी–२० सिरिजमा नेपालले आफ्नो पहिलो खेलमा नर्दर्न टेरिटोरी स्ट्राइकविरुद्ध टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ।

खेल डार्विनको मरारा क्रिकेट ग्राउण्ड–२ मा भइरहेको छ।

एनटी स्ट्राइकले सन् २०२३ मा सिरिजको पहिलो संस्करणको उपाधि जितेको थियो भने गत वर्ष सेमिफाइनलमा पुगेको थियो।

टोलीमा बिग ब्यासमा अनुभव हासिल गरेका खेलाडीहरू रहेका छन्, जसले नेपालका लागि चुनौती थपेका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको