काठमाडौं। एभरेष्ट महिला भलिबल लिगमा काठमाडौं स्पाईकर्सले पहिलो जित दर्ता गरेको छ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आइतबार भएको खेलमा काठमाडौंले मधेश युनाइटेडलाई ३-१ को सेटले पराजित गरेको हो।
पहिलो सेट २६-२४ ले आफ्नो पक्षमा पारेको काठमाडौंले दोस्रो सेट २३-२५ ले मधेशलाई सुम्पिएको थियो। तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै काठमाडौंले लिगमा पहिलो जित दर्ता गरेको हो।
काठमाडौंले तेस्रो सेट २५-२३ र चौथो सेट २५-१९ ले आफ्नो पक्षमा पार्यो। काठमाडौं र मधेश आफ्नो पहिलो खेलमा ललितपुर क्विन्ससंग पराजित भएका थिए। मधेशले दोस्रो खेलमा शनिबार पोखरा निन्जाजलाई हराएको थियो।