वेस्ट इन्डिजविरुद्ध नेपालको ऐतिहासिक जित


काठमाडाैँ। नेपालले पहिलोपल्ट टी-२०आई खेलमा टेस्ट राष्ट्रलाई पराजित गर्दै इतिहास रचेको छ।

संयुक्त अरब इमिरेट्स युएईमा जारी युनिटी कपको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले पराजित गरेको हो। योसँगै नेपालले तीन खेलको सिरिजमा १-० को अग्रता लिएको छ। अब नेपालले सोमबार दोस्रो खेल खेल्नेछ।

नेपालले दिएको १४९ रनको सामान्य लक्ष्य पछ्याएको वेस्ट इन्डिज निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रनमै समेटियो। नेपालले क्रिकेट इतिहासमा पहिलोपल्ट टेस्ट टोली वेस्ट इन्डिजलाई पराजित गरेको हो।

वेस्ट इन्डिजका नवीन बिदाइसीले सर्वाधिक २२ रन बनाए। वेस्ट इन्डिजले खराब सुरुआत गरेको थियो। पाँचौं ओभर नसक्दा नै दुई ओपनर कायल मेयर्स र अमिर जोङ्गुलाई गुमाएको थियो। कायलले ५ र अमिरले १९ रनको योगदान दिए। त्यसपछि क्रवमा आएका फाबियन एलोन १९, अकिल हुसैन १८, केस्सी क्यार्थी १६ र अकिम अगेस्टे १५ रनमा आउट भए।

नेपाललाई जित दिलाउन कुशल भुर्तेलले सर्वाधिक दुई विकेट लिए। चार ओभर बलिङ गरेका उनले १७ रन खर्चिए। रोहितकुमार पौडेल, ललितनारायण राजवंशी, नन्दन यादव , करण केसी र दीपेन्द्रसिंह ऐरीको नाममा समान १ विकेट रह्यो।

त्यसअघि शारजाह क्रिकेट अन्तर्राष्ट्रिय रंगशालामा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १४८ रन बनाएको थियो।

नेपालका रोहितले सर्वाधिक ३८ रन बनाए। ३५ बलमा तीन चौका र एक छक्का प्रहार गरे। कुशलले भने २१ बलमा समान दुई चौका र छक्कासहित ३० रन बनाए। गुल्सनकुमार झा २२ र उपकप्तान दीपेन्द्रसिंह ऐरी १७ रनमा आउट हुँदा अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।

वेस्ट इन्डिजका होल्डरले सर्वाधिक चार विकेट लिए। चार नै ओभर गरेका उनले २० रन खर्चिए। समान ओभर फ्याँकेको नवीनको नाममा तीन विकेट रह्यो। उनले २९ रन खर्चिए। अकिलले भने एक विकेट हात पारे


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको