काठमाडौं । वेस्ट इण्डिजविरुद्धको युनिटि कप टि ट्वान्टी सिरिजको दोस्रो खेल आज हुदैछ ।
वेस्टइण्डिज र नेपालबीचको खेल युएईको सारजहा क्रिकेट स्टेडियममा नेपाली समय अनुसार सोमबार बेलुका ८ः१५ बाट सुरु हुदैछ । नेपालले गत शनिबार भएको पहिलो खेलमा वेस्टइण्डिजमाथि १९ रनको ऐतिहासिक जित हासिल गरेको थियो ।
यो नै नेपालले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा टेस्ट राष्ट्रमाथिको पहिलो जित रहेको थियो । आजको खेलमा जितका साथ नेपाल पहिलो पटक टेस्ट राष्ट्रसँगको सिरिज जित्ने लक्ष्यमा रहेको छ । वेस्टइण्डिजसँगको जारी सिरिज नेपालले कुनै पनि टेस्ट राष्ट्रसँग खेलेको पहिलो सिरिज हो ।
शनिबारको खेलमा नेपालले दिएको १ सय ४९ रनको लक्ष्य पछ्याएको वेस्टइण्डिजले २० ओभरमा ९ विकेट गुमाएर १ सय २९ रन मात्र जोड्न सकेको थियो ।


